आज :

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षिय यदुप्रसाद पाठक रहेका छन् ।

प्रहरीका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal