
पोखरा । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ ।
भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३ औं सागमा अधुरै रहेको छ । महिला फुटबल २०१० बाट समावेश भएको थियो ।
त्यससँगै तीन वटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन सकेन ।
पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २-० गोलको अन्तरले हराएको छ । भारतका लागि दुबै गोल बालादेवीले गरेकी छिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् । त्यसपछि नेपाल खेलमा फर्कन सकेन ।