
काठमाडौँ । नेवार जतिको छाता संगठन नेवा : देय् दबुले नेपाल भाषाको गीतमा प्रयोग भएको शब्दलाई अपमानजनक एवं अस्लिल ढंगले पोडकास्टमा प्रस्तुत भएको बिषयमा आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। नेपाल भाषालाई होच्च्याएको , अश्लिल शव्द प्रयोग गरि गिज्याएको बिषयलाई लिएर अपमान गर्ने कार्यक्रम प्रस्तोता सहित ४ जनाको को लागि अभियान चलाईरहेका अभियानकर्मिहरु सहित अधिवक्ताहरु र भाषिक अधिकारकर्मिहरु आइतबार नेवा: समुदायको सर्वोच्च संस्था नेवा: देय् दबुमा गम्भिर छलफल भएको हो ।
नेवा: देय् दबुका उपाध्यक्ष उमेश स्थापितको उपस्थितिमा प्रशासनिक तथा कानुनी उपायहरु अबलम्वन गरी यस घटनाबाट नेवा: भावनामा परेको चोटको क्षतिपूर्ति हुनुपर्ने विषयमा छलफल भएको छ । यस विषयलाई नेवाः देय दबुले गम्भिरतापूर्वक लिई छलफल चलाउने र आवश्यक पहल गर्ने जानकारी दिएको छ ।
नेपाल भाषालाई होच्च्याएको , अश्लिल शव्द प्रयोग गरि गिज्याएको आरोपमा फाल्गुन ०५ गते सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटाविरुद्ध नेवार समुदायका १५ जना व्यक्तिले काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए । निवेदनमा नेवार संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको छ । प्रहरीले हाल सम्म पनि उनीहरुलाई पक्राउ नगरेको भन्दै भाषा अधिकार कर्मीहरुले बिहिबार प्रदर्शन गरेका थिए ।