आज :

नेविसंघद्वारा कोहलपुर घटनाको विरोधमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले कोहलपुरमा आइतबार स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

स्कूले बालबालिकामाथि प्रहरीले अन्धाधुन्द गोली चलाउँदा समेत सरकार मुख दर्शक बनेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विद्यार्थी संघका नेता कार्यकर्ताले ‘पुलिस दमन बन्द गर’, ’स्कुलले बालबालिकामाथि लाठीचार्ज गर्ने पुलिसलाई बर्खास्त गर’, ’स्कुलले बालिकाको खुट्टामा ट्रक गुडाउने ट्रक चालकलाई कार्वाही गर’ जस्ता नारा लगाएका थिए ।

विरोध कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएको नेविसंघ संघ आर.आर क्याम्पसका इकाई सचिव अनुराग शाहले जानकारी दिए ।

स्कूले विद्यार्थीमाथि दमन हुँदासमेत सरकारले कुनै चासो नदिएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरिएको उनले बताए । प्रहरी प्रशासनले सत्ताको दास बनेर विद्यार्थी र सर्वसाधारण जनतालाई दुख दिएको उनीहरुको आरोप छ ।

यस्तै, नेविसंघले काठमाडौंको चाबहिलमा पनि विरोध प्रदर्शन गरेको छ । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका हुन् । उनीहरुले गृहमन्त्रीको राजीनामा मागेका छन् ।

ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज कोहलपुर सडक खण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal