आज :

साना फिनल्यान्डको प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् ।

प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । उनी यस अघि यातायात मन्त्री थिइन् ।

५ वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् । ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्नेछ’, उनले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु ।’

उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन् । फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ ।

त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal