आज :

मोटरसाइकल र एम्बुलेन्स ठोकिँदा दुईको मृत्यु, एक जना घाइते

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नपा ४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा १२ सारस्वरका ३५ वर्षिय विष्णु महरा र २४ वर्षिय राकेश मण्डलको मृत्यु भएको छ ।

महराको घटनास्थलमै र मण्डलको उपचारको लागि विराटनगर लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal