आज :

कोहलपुरमा कर्फ्यू हट्यो, विद्यालय र बजार बन्द

नेपालगन्ज । बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा (कर्फ्यू) हटाइएको छ ।

विद्यार्थीको प्रदर्शनका कारण हिजो कोहलपुर अशान्त बनेपछि प्रशासनले अपरान्ह ३ बजेबाट बजार क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो ।

प्याव्सन र एनप्याव्सनले हिजोको घटनाको बिरोध गर्दै आज (सोमबार) जिल्लाभरका विद्यालय बन्द गरेका छन् । बन्दका कारण विद्यालय र बजार ठप्प छन् । सवारी साधन भने निवार्ध रुपमा सञ्चालन भइरहेको छ ।

हिजो (आइतबार) बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा प्रगति चन्द गम्भीर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको थियो । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ । उनलाई थप उपचार लागि हिजै काठमाडौं ल्याइएको छ ।

प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका थिए ।

उनलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अहिले कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बालिकालाई ठककर दिने ट्रक चालक भने प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal