News Portal

  • मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    २७४ पटक

    कैलाली । मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    ठक्करबाट धनगढी उप महानगरपालिका २ बैयाबेहेडीका एक महिलाको मृत्यु भएको हो ।

    से ६ प २३११ नं.को मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५५ बर्सिया शान्ता देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    मोटरसाइकल र चालक धनगढी उप महानगरपालिका २ का २१ वर्षिय गोविन्द सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्