
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत महिला क्रिकेटको उपाधि बंगलादेश जितेको छ ।
बंगलादेशले श्रीलंकालाई २ रनले हराउँदै रोमाञ्चक जित हात परेको हो । पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा बनाएको थियो ।
बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले ४ विकेट हात पारिन् ।
९२ रनको लक्ष्य पछ्याउदै गरेको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । तर, बंगलादेशले ४ रन मात्र जोड्न सफल भएको थियो । अन्तिममा दुवै ब्याट्सउमन रन आउट भएका थिए । श्रीलंका ८९ रनमा अलआउट भएको थियो ।