News Portal

  • फुटसल खेलपछि रसाइलीको मूत्यु

    २७९ पटक

    काठमाडौं । नेपाली फुटसल खेलाडी कर्फु रसाइलीको खेलको क्रममा निधन भएको छ ।

    शनिबार फुटसल खेल पछि ह्दयघातको कारण उनको निधन भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनको निधन भएको पुष्टि गरेको छ ।

    एन्फाबाट ए डिभिजन तथा बी डिभिजन लिगहरुसमेत उनले खेलेका थिए । निरन्तर फुटसल खेल्दै आएको कर्फुले शनिबार फुटसलको क्वाटरफइनल खेलेपछि ह्दयघात भएको थियो ।

    केहिबेरपछि उनलाई अस्पताल लगिएको र अस्पताल लैजाने क्रममै उनको निधन भएको जनाइएको छ । उमेर समूहबाट अन्तर्राष्ट्रिय खेलसमेत उनले खेलेका थिए ।

    प्रतिकृया दिनुहोस्