आज :

स्कूले बालिकाको मृत्युपछि कोहलपुर तनावग्रस्त : यातायात ठप्प, गाडीमा आगजनी

बाँके । कोहलपुरमा ट्रकको ठक्करबाट स्कूले बालिकाको मृत्यु भएको छ ।

आइतबार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा भएको उक्त दुर्घटनापछि कोहलपुर तानवग्रस्त बनेको छ ।

ट्रकको ठक्करबाट ज्यान गएकी बालिकाको सनाखत भएको छैन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् ।

भिड नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रोशित समूह र प्रहरीबीच ढुङ्गा हानाहान भएको र दर्जनौं गाडीहरु बीच सडकमै रोकिंदा यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाईएका छन् । आक्रोशित समुहले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal