आज :

सागमा आएका १३ श्रीलंकाली खेलाडीलाई डेंगु संक्रमण

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ ।

७ खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ ।

महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो ।

डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । उनले महिलातर्फ ४ गुुणा सय मिटर दौडमा स्वर्ण र सय मिटर दौडमा रजत जितेकी थिइन् ।

अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् । बिरामी हुनेमा धेरै जसो एथलेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा.लाल इकनायकेले बताए ।

‘हाम्रा १३ खेलाडी बिरामी परेका छन् त्यसमध्ये धेरै खेलाडी एथलेटिक्सका छन् । यो हाम्रा लागि दुर्भाग्यपूर्ण अवस्था हो,’ डा.इकनायकेले भने, ‘हामी उनीहरूको उपचारमा खटिइरहेका छौँ ।’

एथलेटिक्स प्रशिक्षण टोलीका ३ जनालाई पनि उच्च ज्वरो आएर होटेलमा आराम गरिरहेका छन् । उनीहरूलाई पनि डेंगुको आशंका गरिएको छ । श्रीलंकाली टोलीले आफ्ना खेलाडी नेपाल आउनुअघि नै संक्रमित भएको अनुमान लगाएको छ ।

सागको बन्द प्रशिक्षणका क्रममा श्रीलंकाको सुगथादसा स्पोर्टस होटेलमा बसेकामध्ये ५ खेलाडीलाई अहिले डेंगु देखिएकाले उतै संक्रमित भएको अनुमान लगाएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal