आज :

लमजुङको पाउँदीमा बस दुर्घटना, १ को मृत्यु ६ जना घाइते

लमजुङ । सुन्दरबजार नगरपालिका ७ पाउँदीमा बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

लमजुङ बेसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नं.को यात्रु वाहक बस आइतबार बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा ज्यान गएको भएको हो ।

ज्यान गुमाउने महिलाको पहिचान खुल्न सकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख छवबहादुर घर्तीका अनुसार बस दुर्घटना हुँदा घाइते ४ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आबुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको छ ।

उनीहरुको पनि पहिचान खुल्न सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएका हुन् । बस चालक तनहुँ भन्सारका कृष्ण आलेलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal