News Portal

  • स्पेनिस ला लिग : मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

    २४३ पटक

    काठमाडौं । स्पेनिस ला लिगामा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् ।

    मेसीको ह्याट्रिकमा बार्सिलोनाले रियल माल्लार्को विरुद्ध सहज जित निकालेको छ । गएराति भएको खेलमा मेस्सीको ह्याट्रिक प्रेरित बारसिलोनाले मालोर्कालाई ५-२ ले पराजित गरेको हो ।

    ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ । घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि मात्र जितेको छैटौं बालोन डे ओर अवार्ड देखाएका थिए ।

    त्यसपछि उनले ह्याट्रिक नै गरिदिए । जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट ३४ अंक नै भए पनि रियल मड्रिड गोलअन्तरमा पछि रहेको छ ।

    प्रतिकृया दिनुहोस्