आज :

साग खेलकुदः आज १५ खेल हुँदै, फुटबलमा नेपाल र बंगलादेश भिड्‍दै 

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आज आठौं दिन । खेलाडीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । आज काठमाडौंमा बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास र टेनिसका  खेलहरु हुनेछन् ।

यसैगरी पोखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलका खेलहरु हुँदा कुस्ती खेल जनकपूरमा हुनेछ । आज सबै १५ खेल हुँदैछन् ।

शनिबारसम्मको तालिकाअनुसार भारत १ सय १० स्वर्णसहित पहिलो स्थान कब्जा गरेको छ भने नेपालले ४३ स्वर्णसहित दोस्रो स्थान सुरक्षित गरेको छ ।

हिजो एथलेक्टिसको म्याराथनमा किरण सिंह बोगटी र कुस्तीमा संगीता धामीले स्वर्णपदक जितेसँगै नेपालको स्वर्णको संख्या ४३ पुगेको हो ।

तेस्रो स्थानको श्रीलंकाको ३०, चौथो स्थानको पाकिस्तानको २३, पाँचौं स्थानको बंगलादेशको ७, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्ण रहेको छ भने पुछारको भुटानका ५ वटा कास्यपदक रहेका छन् ।

त्यसैगरी आज पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ ।

फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ ।

नेपालले बंगलादेशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

नेपालको ३ खेलबाट ७ अंक छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ । बंगलादेश विजयी भएमा नेपालसँग समान अंक हुनेछ तर हेड टु हेड लागु हुने भएकाले बंगलादेशलाई फाइदा पुग्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal