आज :

बेवारिसे पेस्तोल फेला

महोत्तरी । शसस्त्र प्रहरी बलले एक थान लोडेड पेस्तोल बेवारिसे अवस्थामा फेला पारेको छ ।

शसस्त्र प्रहरी बल नेपाल विओपी जलेश्वरबाट खटेको गस्ती टोलीले जलेश्वर नगरपालिका-६ धवौलीस्थित रातो नदी पुलमुनिबाट पेस्तोल फेला पारेको हो ।

पुलमुनी केही चम्केको देखेपछि नजिकै पुगेको गस्ती टोलीले पेस्तोल फेला पारेको शसस्त्र प्रहरी बल नेपाल नं.९ गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए । उनले पेस्तोलसहित ५ राउण्ड गोली र गोली लगाउने म्यागजिनसमेत बरामद गरेको बताए ।

पेस्तोल कसैले लुकाएको हो वा फ्यालेर भागेको भन्ने अझै यकिन हुन नसकेको र यस विषयमा प्रहरीले थप अनुसन्धान गर्ने प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ । पेस्तोल भारतमा निर्मित रहेको र त्यसमा ओरनान्स २००५ लेखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal