काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पदक तालिकामा नेपाल दोस्रो स्थानमा यथावत छ । अहिलेसम्म नेपालले ४० ओटा स्वर्ण पदक जितेको छ ।
नेपालले शुक्रबार मात्रै गल्फमा २ तथा एथ्लेटिक्स र भारोत्तोलनमा १-१ स्वर्णपदक जितिसकेको छ । भारत ६७ स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्ण पदक छ ।
पुछारको भुटानको ६ कास्य पदक मात्रै छ । नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या १११ पुगेको छ । १२ औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो ।