आज :

नेपालद्धारा माल्दिभ्स ८४ रनले पराजित

काठमाडौं । नेपालले माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई हराएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो ।

१६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रनमा समेटियो । माल्दिभ्सका लागि मोहमद रिसवान र मोहम्मद आजमले समान १३ रन बनाए भने अली इभानले ११ रन बनाए । यसबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन असफल रहे ।

बलिङतर्फ नेपालका सुशान भारी र ललित राजवंशीले समान दुई विकेट हात पारे । यसअघि नेपालका लागि करन केसीले विस्फोटक ब्याटिङ गर्दै सर्वा्धिक ४० रन बनाए । उनले १६ बलमा चार छक्का र दुई चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।

दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरे भने विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९ रन बनाए । माल्दिभ्सका लागि लीम शाफिगले ४ ओभरमा ३३ रन खर्चिदै ३ विकेट लिए । यस्तै अमिल मौरुफले २ विकेट हात पारे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal