आज :

फ्लोरिडामा भएको गोली काण्डमा ४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी २ जना सर्वसाधारण नागरिक र २ जना संदिग्ध व्यक्तिको ज्यान गएको छ ।

समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थित एक गहना पसलमा केही बन्दुकधारीले आक्रमण गरी गहना लुट्ने प्रयास गरेका थिए ।

त्यस क्रममा ती बन्दुकधारीले हानेको गोली लागेर त्यहाँ काम गर्ने एक जना कर्मचारी मारिएका छन् । त्यस लगत्तै उनीहरुले अपहरण गरी लगेका सोही पसलका सवारी चालक एक जनाको पनि ज्यान गएको बताइएको छ ।

प्रहरीले हानेको गोली लागेर गहन पसल लुट्न आएका २ जना बन्दुकधारी मारिएको बताइएको छ । केही सामान लुटेका उनीहरुले उक्त पसलकै सवारी साधनलाई नियन्त्रणमा लिएका थिए र सवारी चालकलाईसमेत नियन्त्रणमा लिएर उक्त गाडी आफूले चाहेको स्थानतर्फ लैजान बल गरेका थिए ।

भाग्ने क्रममा देखेर प्रहरीले गोली चलाएको थियो । गोली लागेर २ जना बन्दुकधारीको ज्यान गएको र गोलीकाण्डको बारेमा त्यहाँको प्रहरीले अनुसन्धान थालेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal