आज :

मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, एक जना घाइते

काठमाडौं । मोटरसाइकल एक आपसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२५ का ३६ वर्षिय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरबाट रामपुरतर्फ गइरहेको ना.४० प. ७३१३ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु.४ प. ६६५० नं.को मोटरसाइकल भरतपुर महानगरपालिका-१५ रामपुरमा साँझ ५ः४५ मिनेटमा ठक्कर खाएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ : ५५ मिनेटमा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । सोही दुर्घटनामा परी लु.४ प.६६५० नं.को मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२० का २५ वर्षिय मानबहादुर मस्याङ्गीे घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नं ३-०२-००५प ९७८५ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका-७ का ४५ वर्षिय नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।

दुघर्टनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षिय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुबै जना श्रीमानश्रीमती रहेको र दोलखा माइती गएर फर्कने क्रममा सो दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal