आज :

एथ्लेटिक्समा नेपाललाई स्वर्ण

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्ण पदक हाँसिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार बिहान भएको खेलमा पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक हात पारे ।

प्रतिस्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक पाए । उनले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे ।

त्यस्तै भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत पदक हात पारे । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्ण पदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal