News Portal

  • वडा कार्यालयद्धारा खेलकुद सामाग्री हस्तान्तरण

    ३८७ पटक

    कैलाली । गौरीगंगामा मसुरीया फुटबल एकेडेमीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।

    गौरीगंगा नगरपालिका वडा नं.९ को कार्यालयले बिहीबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

    खेल प्रतिको उत्साह र राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरेको भन्दै थप प्रोत्साहनका लागि वडा नं.९ का वडाध्यक्ष हरि प्रसाद तिवारी र वडा सदस्य गौमा भण्डारीले संयुक्त रुपमा ऐकेडेमीका अध्यक्ष ध्वज खाती र प्रशिक्षक मिलन ओलीलाई खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।

    छोटो समयको अवधिमा स्थानीय स्तर देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको र खेलाडीलाई अझ खेल प्रती उत्प्रेरित बनाउका लागि ५० हजार बराबरको किपर डमी र बलहरु एकेडेमीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष हरि प्रसाद तिवारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्