आज :

(साग) पुरुष क्रिकेट : बंगलादेशले भुटानलाई १० विकेटले हरायो

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेश यू-२३ ले भुटानविरुद्ध १० विकेटेको जित निकालेको छ ।

लगातार दुई खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो ।

बंगलादेशको जितमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान गरे । पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनायो । भुटानका तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोड्दा जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाएका थिए ।

भुटानका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका मनिक खानले २ विकेट लिए ।

यसैबीच शुक्रबार नै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंका यू २३ सँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । खेलमा माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्न सके नेपालको पनि फाइनल प्रवेशको सम्भावना रहने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal