आज :

आज विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । यो हप्ता विदेशी मुद्राको विनिमय दर लगातार घटेको छ ।

आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ ।

हिजो डलरको खरिददर ११४ रुपैयाँ १५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७५ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो खरिददर २९७ रुपैयाँ ७४ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको थियो । शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६० पैसा रहेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७७ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ३३ पैसा रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal