आज :

बलात्कारपछि हत्या घटनाका ४ सन्दिग्धको प्रहरी इन्काउन्टरमा मृत्यु

काठमाडौं । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका ४ सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर“मा मारिएका छन् ।

उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो । तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार शुक्रवार बिहान ३ बजेतिर उनीहरूको एउटा “भिडन्त“मा मृत्यु भएको हो ।

घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको छ । ति ४ जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बताएका छन् । त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी छ ।

प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले बीबीसी तेलुगूलाई बताएको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् । गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो ।

पशुचिकित्सकको बलात्कार र हत्याले आक्रोश उब्जाइएको र सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो । दक्षिणी राज्य तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै ती ४ जनालाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने माग राखेकी थिइन् ।

रक्षामन्त्री राजनाथ सिंहले उक्त घटना भारतका लागि लज्जास्पद भएको र घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको बताएका थिए । गत साता पीडित महिलाको परिवारले प्रहरीले समयमै कारबाही नगरेको आरोप लगाएपछि ३ प्रहरी अधिकारी निलम्बनमा परेका थिए ।

पीडित महिला सम्पर्कविहीन भएको उजुरी गर्न जाँदा प्रहरीहरूले उनी भागेको हुन सक्ने भन्दै टिप्पणी गरेको उनका नातेदारले राष्ट्रिय महिला आयोगलाई बताएका थिए । नोभेम्बर २८ को साँझ स्थानीय समय अनुसार ६ बजेतिर २७ वर्षिय महिला आफ्नो स्कूटरमा चिकित्सक कहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

पछि उनले आफ्नो स्कूटर पन्चर भएको, र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन् । उनले आफू कुनै टल प्लाजा (सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ (मा पर्खिरहेको बताएकी थिइन् । त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भएको थियो ।

बिहीवार बिहान उनको मृत शरीर सडकको ’फ्लाईओभर’ मुनि एक दूध व्यापारीले भेटेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal