
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गरिन् । भारतले रजत र बंगलादेशले कास्य जितेको छ । यो सँगै नेपालको स्वर्ण संख्या ३३ पुगेको छ ।