आज :

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट बिहीबार दिउँसो एक जना पैदलयात्रीको मृत्य भएको छ ।

नवलपुर मलंगवा सडकखण्ड अन्तर्गत मलंगवा नगरपालिका ११ गम्हरियास्थित मलंगबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प ५६९१ नं.को मोटरसाइकलले पैदल यात्री मलंगवा नगरपालिका ७ गणेशीयाका ६० वर्षिय धरिक्षण महरालाई ठक्कर दिई घाइते भई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

मोटरसाइकल चालक साबिक सर्लाही गाविस भाडसर ६ घर भई हाल लालबन्दी नगरपालिका १ नवलपुरका २६ वर्षिय अवलेश मिकरानीलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

यस्तै, तीन दिनदेखि हराइरहेका दुई वर्षिय बालक मृत अवस्थामा भेटिएका छन् । छिमेकी मुलुक भारत सितामढी घर भई हाल मलंगवा नगरपालिका १ भेडियाही मामाघर बस्दै आएका आवास नटका २ वर्षिय छोरा सुवास नटको मृत्यु भएको छ ।

मंगलबारदेखि हराइरहेका बालकको खोजी गर्ने क्रममा घर नजिकैको नालाभित्र मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal