News Portal

बुद्धिबहादुरले जितेसँगै नेपालको ३२ स्वर्ण

५०९ पटक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले ३२ स्वर्ण जित्न सफल भएको छ ।

नेपालले एउटै संस्करणमा जितेको हालसम्मकै सर्वाधिक स्वर्ण संख्या हो । यसअघि यसअघि १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।

गोकर्णमा बिहीबार भएको पुरुष क्रस कन्ट्री साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका हुन् । उनले १ घण्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् ।

यस्तै, नेपालकै राजिभ राईले रजत तथा ओकेशराज बज्राचार्यले काश्य हात पारेका छन् ।

प्रतिकृया दिनुहोस्