News Portal

३७ गोल पुर्याउँदै सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

४८३ पटक

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतिगोगिता (साग) मा नेपाली खेलाडीको कीर्तिमानी जारी छ ।

साग अन्तर्गत बिहीबार पोखरा रङ्गशालामा भएको फुटवल प्रतियोगितामा नेपाली खेलाडी सावित्रा भण्डारीले नयाँ कीर्तिमान रचेकी छिन् ।

उनले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी हुन् । बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै उनले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् ।

३५ गोल गर्ने अनु लामाको कीर्तिमान तोड्दै उनले आफ्नो नाम अग्रस्थानमा ल्याउन सफल भएकी छिन् ।

सावित्राका गोलहरु

१.साफ च्याम्पियनसिप, इस्लामावाद २०१४-१ गोल
२.साग २०१६-२ गोल
३.साफ च्याम्पियनसिप २०१६-१२ गोल
४.ओलम्पिक छनोट पहिलो चरण २०१८-१ गोल
५.हिरो गोल्डकप २०१९-४ गोल
६.साफ च्याम्पियनसिप २०१९-४ गोल
७.ओलम्पिक छनोट, दोस्रा चरण-२ गोल
८.नादेझ्दा कप २०१९-७ गोल
९.मैत्रीपूर्ण खेल-२ गोल
१०.१३ औं साग-२ गोल

प्रतिकृया दिनुहोस्