आज :

नेपाल एयरलाइन्सलाई चीनको उडान अनुमति

काठमाडौं । चीनले नेपाल एयरलाइन्सलाई आफ्नो देशमा उडान अनुमति दिएको छ ।

नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागेको थियो । सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनले जानकारी दिए ।

यसअघि नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेर मात्रै अनुमति दिने चीनले बताए पनि पछि त्यो आवश्यक ठानेन । अब नेपाल एयरलाइन्सले बजार व्यवस्थापन, प्रचार-प्रसारका लागि आवश्यक समय राखेर निकट भविष्यमा उडानको मिति तय गर्ने तयारीमा रहेको छ ।

निगमसँग अहिले ४ वटा जहाज छ ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । साविकका गन्तव्य प्रभावित नहुने गरी उडान तालिका मिलाएर मिति सार्वजनिक गरिने उनले बताए ।

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विदेशी वायुसेवा कम्पनीलाई उडान अनुमतिका रुपमा अपरेशन स्पेसफिकेसन जारी गर्ने गर्छ । उक्त पत्र प्राप्त गरेसँगै वायुसेवा कम्पनीले चीनमा उडानको अनुमति पाउने प्रावधान छ ।

नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण इयूको कालोसूची नरहे पनि चीनको अनुमति प्राप्त भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal