आज :

नेपालको स्वर्ण संख्या ३१ पुग्यो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा साइक्लिङबाट पनि राम्रो सफलता नेपालले पाइरहेको छ ।

साइक्लिङबाट बुधबार दुईवटा स्वर्ण पदक जितेको नेपालले बिहीबार अर्को स्वर्ण थपेको छ । नेपालका लागि साइक्लिङको क्रस कन्ट्री स्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जित्न सफल भएकी छिन् ।

गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन् । यही स्पर्धाबाट नेपालकै उषा खनालले रजत पदक जितेकी छिन् ।

लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०।२० सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् । उषाले १ मिनेट ३५। ५२ सेकेण्डमा दुरी तय गरेर रजत जितिन् । यो स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६। २९ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन् ।

बुधबार डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदम जितेका थिए । बिहीबार नेपालले उसुबाट अर्को स्वर्ण जितेको थियो । निमा घर्तीमगरले उसुबाट स्वर्ण पदक जितेकी छिन् । साइक्लिङको तेस्रो स्वर्णसँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal