News Portal

  • घुस रकमसहित प्रहरी अख्तियारको फन्दामा

    १५६ पटक

    विराटनगर । विराटनगरस्थित घाँस चौकबाट प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल अख्तियारको फन्दामा परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले उनलाई ७ हजार घुससहित बुधबार साँझ पक्राउ गरेको हो ।

    विराटनगरको गुद्री बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै घुस लिने क्रममा मोरङ प्रहरीको सिआरभी टोली इन्चार्ज समेत रहेका उनी रंगेहात पक्राउ परेका हुन् ।

    प्रतिकृया दिनुहोस्