आज :

भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत टी-२० क्रिकेटमा नेपालले भुटानमाथि शानदार जित हाँसिल गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तीन विकेटको क्षतिमा २३६ रनको विशाल योगफल तयार पारेको थियो ।

अन्तर्राष्ट्रिय टी-२० म्याचमा यो १८ औँ उच्च स्कोर हो । जवाफी ब्याटिङमा उत्रिएको भुटानले ६ विकेटको क्षतिमा ९५ रन मात्र बनायो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल नायक रहेका छन् । उनले शतकीय पारी खेल्दै ५५ बलमा १०७ रन बनाए । विस्फोटक ब्याटिङ गर्ने क्रममा उनले ९ छक्का र ५ चौका प्रहार गरेका छन् । नेपालले पहिलो विकेटका लागि १०८ रनको साझेदारीमार्फत गतिलो सुरुवात गरेका थिए ।

पूर्वकप्तान पारस खड्काले अद्र्धशतकीय पारी खेल्दै २८ बलमा ५७ रन बनाए । उनले एक छक्का र ९ चौका प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए । भुटानका लागि कर्मा दोर्जीले ४ ओभरमा ४५ रन खर्चिएर २ विकेट लिए ।

भने तोब्देन सिङ्ग्येले ४ ओभरमा ५३ रन दिएर एक विकेट हात पारे । भुटानका लागि रङजुङ्ग मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । यस्तै, सोनम तोब्गेले १५ र तोब्देन सिङ्ग्येले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पारस खड्काले २ विकेट लिए भने करण केसी, ललित राजवंशी र पवन शर्राफले १-१ विकेट लिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal