काठमाडौं । अमेरिकाको सैन्य बेस पर्ल हार्बरमा बुधबार अपरान्ह एक आक्रमणकारीले अन्धाधुन्ध गोलीबारी गरेका छन् ।
आक्रमणमा रक्षा मन्त्रालयका २ कर्मचारीको मृत्यु भएको छ । सोही घटनामा परेर एकको अवस्था गम्भीर रहेको छ । अधिकारीका अनुसार गोलीबारीपछि ती आक्रमणकारीले पनि आत्महत्या गरेका छन् ।
आक्रमणकारी एक जना अमेरिकी नौ सैनिक भएको बताइएको छ । पर्ल हार्बरमा अमेरिकाको हिन्द-प्रशान्त महासागर क्षेत्रको नौसैनिकको लागि जहाज र पनडुब्बीहरुको आधुनिकरण हुन्छ ।
सो स्थानमा जहाजहरुको मर्मत-सम्भारको काम पनि हुने गर्छ । पर्ल हार्बरमा अमेरिकाको करीब १० नौसैनिक युद्धपोत र १५ पनडुब्बी तैनाथ छन् । आक्रमणका दौरान भारतीय वायुसेना के एयर चीफ मार्शल आरकेएस भदौरिया पर्ल हार्बरमा नै रहेका थिए ।
उनी हिन्द-प्रशान्त क्षेत्रका अफसरों के साथ एक कार्यक्रममा हिस्सा लिइरहेका थिए । घटनामा भारतीय वायुसेनाका सबै अधिकारी सुरक्षित रहेको भारतीय वायुसेनाले जानकारी दिएको छ ।
घटनापछि बेस क्याम्प पूर्णरुपमा बन्द गरिएको छ । प्रहरी सेनाको टीमको वाहनहरुलाई मात्र भित्र जाने अनुमति दिइएको छ ।