आज :

सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तिमा १ सय ३० जना घाइते भएका छन् । यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय रहेका छन् तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन ।

भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् ।

कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए । घटनाको दौरान ५३ जना कारखाना तथा आवास क्षेत्रमा उपस्थित रहेको र विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal