आज :

साग खेलकुदः आज १७ खेल हुँदै, नेपाललाई भारतले उछिन्‍यो

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आज पाँचौं दिन हो । खेलाडीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । आज पनि विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आजनयाँ पाँच र बाँकी जारी १२ खेलमा प्रतिस्पर्धा भइरहेको छ । सागमा आज आर्चरी, बास्केटबल, पौडी, बिच भलिबल र भारत्तोलनका खेलहरु सुरु हुँदैछन् ।

यी बाहेक एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, र उसुको प्रतिस्पर्धा आज पनि जारी रहनेछ ।

ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने अन्य खेलहरु काठमाडौंमा हुनेछन् ।

पदक तालिकामा खेलको सुरुदेखि अग्रता लिएको नेपाललाई भारतले बुधबारसम्म आउँद उछिनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal