आज :

सक्षम कार्कीले नेपाललाई जिताए सागको सयौँ स्वर्ण पदक

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो र कराँतेबाट नेपालले लगातार सफलता पाइरहेको छ ।

बुधबार भएको ८७ केजी भन्दामाथिको भिडन्तमा नेपालका लागि सक्षम कार्कीले स्वर्ण पदक जित्न सफल भएका छन् ।
सक्षमले नेपालका लागि साग खेलकुदमा सयौँ स्वर्ण पदक जितेका हुन् । योसँगै साग खेलकुदको इतिहासमा नेपालले जितेको स्वर्ण १०० पुगेको छ ।

कार्कीले सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको भिडन्तमा सक्षमले पाकिस्तानी खेलाडी वाकर अलीलाई पराजित गर्दै स्वर्ण चुमेका हुन् । स्वर्णसम्मको यात्राका क्रममा सक्षमले सेमिफाइनलमा श्रीलंकाका बालापिट्टीलाई हराएका थिए ।

सेमिफाइनलको पहिलो राउन्डको खेलमा ८ अंक जोडेका थिए । दोस्रो चरणमा कार्कीले ६ अंक जोडे भने बालापिट्टीले १ अंक जोड्न सफल भए । तेस्रो चरणमा १८ अंक जोड्दै सक्षम फाइनल प्रवेश गरे ।

यस्तै सेमिफाइनलको अर्को खेलमा पाकिस्तानका वाकर अली र भारतका चैतन्य बिजयबीच भिडन्त भएको थियो । उक्त खेलमा अलीले १४ अंक र चैतन्यले ५ अंक जोडे । दोस्रो चरणमा अली र चैतन्यले २–२ अंक जोडे । तेस्रो चरणमा अलीले चैतन्यलाई हराउँदै फाइनल पुगे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal