आज :

‘उपनिर्वाचनमा अन्तरघात भएको छैन’-नेकपाको निचोड

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ मा सकिएको उपनिर्वाचनमा कहीँ कतैबाट घात अन्तरघात नभएको निचोड निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निचोड निकालेको हो । बैठकले उपनिर्वाचनको समीक्षात्मक प्रतिवेदन ३ दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले सोचे जस्तो मतपरिणमा ल्याउन नसकेको निष्कर्ष निकाल्दै ३ दिनभित्र तल्लो तहसम्मको प्रतिवेदन ल्याउन निर्देशन दिएको हो । आफ्नो गढ मानिएको भक्तपुरको प्रदेशसभा, सुनसरीको धरान उपमहानगरपालिका र अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरका तीनवटै वडामा पराजय हुनुको कारणसहित रिपोर्ट दिन निर्देशन दिएको हो ।

‘अहिलेसम्म औचपारिकरुपमा कहीँबाट पनि घात अन्तरघातको जानकारी प्राप्त भएको छैन’, उनले भने,’तर औपचारिक समीक्षा आगामी बैठकबाट निर्वाचनमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि गर्ने छौँ ।’

२०७४ मा भएको निर्वाचनपछि विभिन्न कारणले रिक्त ३७ जिल्लाको ५२ पदमा भएको उपनिर्वाचनमा नेकपाले ३० पद मात्रै जितेको थियो । २ तिहाइको बहुमतसहित सरकार चलाइरहेको नेकपाले सोचे जस्तो नतिजा ल्याउन नसकेपछि यसबारे बैठकमा छलफल भएको थियो ।

बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टी सङ्गठनात्मक एकीकरणको बाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय लिने छ । नेकपाले सचिवालयको अर्को बैठक आगामी मंसिर २३ गते बिहान ९ बजे राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal