आज :

(साग) महिला क्रिकेट : नेपाल बंगलादेशसँग १० विकेटले पराजित

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल १० विकेटले पराजित भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो ।

यसअघि मालदिभ्ससँगको खेलमा भने नेपाल १० विकेटले विजयी भएको थियो। बुधबारको खेलमा टस हारेर बंगलादेशले फिल्डिङ रोजेपछि पहिलो व्याटिङ गरेको नेपालले १९.२ ओभरमा ५० रन मात्र जोड्न सक्यो ।

नेपालका तर्फबाट सोनु खड्काले सर्वा्धिक १२ रन र ईन्दु वर्माले १० रन जोडे पनि अन्य खेलाडीको ब्याट्स चलेन। नेपालकी अप्सरा वेगमले ५, सिता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् भने अन्य खेलाडीले खाता नै खोल्न सकेनन्। नेपालले एकमा हार र एकमा जित निकालेको छ । नेपालको ४ महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन् ।

त्यस्तै, जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १र१ विकेट हात पारे। ५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले विनाक्षति ७.४ ओभरमै जित निकाल्यो। बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए ।

२२ बलको सामना गरेकी रहमानले ३ चौकासहित २६ रन ल्याइन भने २४ बल सामना गरेकी खातुनले ४ चौकासहित २३ रन हानेकी हुन् । ४ ओभरमा २ मेडनसहित ८ रन खर्चेर नेपालको महत्वपूर्ण ४ विकेट हत्याउने रबेया खान प्लेयर अफ दी म्याच घोषित भइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal