आज :

एस्काभेटर चालकलाई स्थानीयले गरे कुटपिट

काठमाडौं । सडक विस्तारको काम गरिरहेका एस्काभेटरका चालकलाई स्थानीयले कुटपिट गरेका छन् ।

स्थानीयको कुटपिटका कारण एस्काभेटर चालक सन्तोष कोइरालाको हात भाँचिएको छ । कुटपिटबाट घाइते चालक मेडिसीटी अस्पताल लगिएको थियो । उनलाई थप उपचारका लागी बीएन्डबी अस्पताल लैजाने तयारी गरीएको छ ।

ललितपुरको गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डको काम गरिरहेका बेला ठेकेदार लामा समामान्तर जेभीका एक्स्काभेटर चालकमाथि स्थानीयले कुटपिट गरेका हुन् ।

सडक विस्तार पीडित संघर्ष समितिको नाममा आन्दोलनमा उत्रिएका स्थानीय कुटपिटमा उत्रिएपछि ठेकेदार कम्पनीले सुरक्षा माग गरेको छ ।

समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ ।

अवरोधका कारण ४ महिनामा सकिने काम अझै नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । सरकारले २२ मिटरमा विस्तार गर्ने भनेको हरिसिद्धी-गोदावरी सडक स्थानीयको विरोधपछि १६ मिटर मात्रै विस्तार गर्ने निर्णय भएको छ ।

त्यसैअनुसार काम अघि बढाउँदा पनि स्थानीयले अवरोध सिर्जना गर्दा समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal