News Portal

  • (साग) पहिलो पटक साइक्लिङमा नेपाललाई स्वर्ण पदक

    १८६ पटक

    काठमाडौं । साइक्लिङको डाउनहिलमा नेपालले ५ पदक जितेको छ ।

    पुरुषमा ३ र महिलामा २ पदक नेपालले हात पारेको हो । यो सँगै नेपालको स्वर्ण पदक संख्या २७ पुगेको छ ।

    गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ शीर्ष ३ स्थान हात पारेको हो । जसमा पुरुषमा राजेश मगरले स्वर्ण जिते । महिलामा निश्मा श्रेष्ठ पहिलो भइन् । दोस्रो स्थान पनि नेपालले नै हात पारेको छ ।

    दक्षिण एसियाली खेलकुदमा साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको छ ।

    प्रतिकृया दिनुहोस्