आज :

(साग) कराते र उसुसहित नेपाललाई २५ स्वर्ण

काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कराते र उसुमा नेपालले थप दुईवटा स्वर्ण पदक जितेको छ । करातेमा अनुपमा मगर र उसुमा दीपक हमालले स्वर्ण पदक जितेका छन् ।

बुधबार सातदोबाटोस्थित कभर्डहलमा भएको फाइनलमा उनले ६८ किलोमाथिको प्रतिस्पर्धामा पाकिस्तानकी नर्गिसलाई पराजित गर्दै अनुपमाले स्वर्ण जितेकी हुन् ।यससँगै करातेबाट नेपाललाई १० स्वर्ण हात परिसकेको छ । जारी सागमा नेपाललाई करातेबाटै मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका थिए ।

त्यसैगरी बुधबार नै भएको खेलमा दीपकले थाउलोमा स्वर्ण जितेका हुन् । उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।

मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ ।

अहिले १३ औं साग प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू जारी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal