आज :

जीप दुर्घटना, दुईको मृत्यु,१४ जना घाइते

महोत्तरी । महोत्तरीको लक्ष्मिनीयामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

ना २ च ८८५५ नं.को जीप दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका घर भएका सकुन्तलादेवी महतो र भारत जयनगरका तनियादेवी महतो रहेका छन् ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि धरान लगिएको छ ।
१० जना सामान्य घाइतेको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै बाराको गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ थिए ।

घाइतेका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकको लाइट डिम नहुँदा जीप अनियन्त्रित भएर सडक किनाराबाट तल खसेको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal