काठमाडौं । सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२० को लोगो सार्वजनीक भएको छ ।
ओलम्पियाडको पूर्वतयारीस्वरूप यहि मंसिर ४ गतेसम्म लोगो आह्वान गरिएको थियो । जसमा ललितपुरका सुनिल खड्गीको लोगो उत्कृष्ट भएको नेपाल एस्ट्रोनोमी सोसाइटी ९नासो०ले जनाएको छ ।
प्रतियोगितामा कुल १०५ लोगो प्राप्त भएकोमा खड्गीको लोगो उत्कृष्ट भएको हो । विजेता खड्कीले नगद ५ हजार तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उक्त लोगो ’सातौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियड २०२०’ को औपचारिक लोगो रहने नासोका अध्यक्ष सुरेश भट्ठराईले जानकारी दिए ।
राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियड सम्बन्धी नेपाली समाजमा जनचेतना कार्यक्रम अन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गर्दै आएको छ ।