आज :

साग फुटबलमा भुटानविरुद्ध नेपाल विजयी

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले भुटानविरुद्ध ४-० को सहज जित निकालेको छ ।

नेपालका लागि सुजल श्रेष्ठले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । आक्रमक खेलेको नेपालले दोस्रो हाफमा ३ गोल थपिसकेको छ ।

नेपालका लागि खेलको ५० औँ मिनेटमा सुजल श्रेष्ठले नै अर्को गोल थप्दै खेललाई २-० को अवस्थामा पुर्याएपछि खेलको ६६ औँ मिनेटमा अभिषेक रिजालले हेडमार्फत गोल गर्दै अग्रता ३-० मा पुर्याए ।

नेपाल त्यतिमै रोकिएन । घरेलु मैदान र दर्शकको साथ पाएको नेपालका लागि खेलको ७७ औँ मिनेटमा मिचेन तामाङले उत्कृष्ट फ्री किक गोल गर्दै अग्रता ४-० मा पुर्याए ।

दुवै टोलीबाट गोल हुन नसकेकाले नेपालले सहज जित दर्ता गराएको हो । यसअघि महिला फुटबलमा नेपालले श्रीलंकालाई पोखरामा १-० गोलअन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal