आज :

एनसेललाई नेकपाको चेतावनी – मेला बन्द नगरे कडा कारबाही

काठमाडौँ ।  विप्लव नेतृत्वको नेकपाल कम्युनिस्ट पार्टीले ‘एनसेल मेला २०७६’ नगर्न चेतावनी दिएकोे छ । पार्टीले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेला बन्द नगरे कडा कारबाहीको भागिदार बन्नु पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

पार्टीका प्रबक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’

विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ, ‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल र नेपाली जनताको मर्यादा उल्घङ्लन गरेको, कर तिर्न अस्वीकार गरेको, नेपालका नेताहरूलाई घूस र एकाधिकार पुँजीको प्रभाव र दबाबमा रहेको, न्यायिक निकायलाई खरिद गरेको र व्यापक भ्रष्टाचार गरेका कारण उक्त कम्पनीलाई हाम्रो पार्टीले कारबाही गर्दै आएको छ । नागरिक अगुवा र अभियन्ताहरूले एनसेल बहिष्कार अभियान चलाइरहेका छन् । यस्तो अवस्थामा उक्त भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal