आज :

विशेष अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सुनसरीकै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गाको नक्साको धर्सा मेटाई व्यक्तिको नामको जग्गामा थपेको आरोपमा अख्तियारले सुनसरी नापी कार्यालयका कर्मचारीहरू योगेन्द्रप्रसाद यादव, कपालेश्वर राम र सुकदेव यादवविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले नापी कार्यालयमै बसेर काम गर्ने रमेश साह, जग्गाधनी रमेशकुमार श्रेष्ठ, आसमा खातुनविरुद्ध मुद्दा दायर गरेको छ । सबैमाथि ६ लाख रुपैयाँका दरले बिगो मागदाबी गरिएको छ ।

त्यसैगरी, अख्तियारले सडकको टेन्डर प्रतिस्पर्धामा कागजात केरमेट गरेको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख दिनेश अर्यालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अर्यालसहित लेखा प्रमुख जीवनाथ पोखरेल, इन्जिनियरहरू राजकुमार यादव र सञ्जीवकुमार साहविरुद्ध १९ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

टेन्डरको कागजात खोल्ने क्रममा भैरव कन्स्ट्रक्सन कम्पनी नयाँ बजारले पेस गरेको दररेटको अंक र अक्षर सच्याएको आरोपमा अख्तियारले उक्त कम्पनीका सञ्चालक सुरेशलाल श्रेष्ठ, गोपाल श्रेष्ठ र कम्पनीका प्रतिनिधि मोहनप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal