आज :

पुरुष क्रिकेटमा नेपाल ६ विकेटले श्रीलंकासँग हार्यो

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर एक बलमा ४ विकेट गुमाउँदै पूरा गरेको छ । श्रीलंकाका लागि एस असानले अविजित ७२ रन बनाए ।

त्यस्तै निसान मदुस्काले ४६ रनको योगदान गरे । पी निसंकाले १२ बलमा ३० रन बनाए । श्रीलंकाले सुरुवात भने राम्रो गर्न सकेको थिएन । उसले ३६ रन बनाउँदा ३ विकेट गुमाएको थियो तरपछि असान र निसानले दरिलो साझेदारी गर्दा नेपाल हार्यो ।

नेपालका लागि बलिङमा पवन सराफले २ तथा सुसान भारी र सोमपाल कामीले १-१ विकेट लिएका थिए । यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए । उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे, पवन सर्राफले २२, विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१-२१ रन तथा आरिफ शेखले १९ रन बनाए ।

पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका थिए । चौथो विकेटको लागि दिपेन्द्र ऐरी र विनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे ।

५६ रनको साझेदारी गरेपछि विनोद २१ रन बनाएर आउट भए । पाँचौँ विकेटका लागि दिपेन्द्रले पवनसँग ६२ रनको साझेदारी गरे । श्रीलंकाको बलिङमा कामिन्दु मेन्डिसले २ विकेट लिए । असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १-१ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal