News Portal

  • स्थानीय तहमा नेकपाले इञ्चार्ज तोक्यो

    ५६३ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले डडेल्धुराका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ ।

    पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको छ । पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरि प्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिइएको छ ।

    त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउँद, आलितालमा छविलाल सलामी, अजयमेरुमा जय बहादुर ऐर र गन्यापधुरा गाउँपालिकामा गणेश सार्कीलाई इञ्चार्जको जिम्मेवारी दिइएको डडेल्धुरा नेकपा अध्यक्ष मान सिंह मालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्