आज :

आँधीका कारण २ लाख मानिस प्रभावित, विमानस्थल बन्द

काठमाडौं । मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।

आँधीपछि बाढी र पहिरो आउने डरले हजारौं सर्वसाधारणलाई समुद्री तट र हिमाली क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरिएको छ ।

लुजोन टापुको दक्षिणी क्षेत्रबाट सुरु भएको आँधी देशको मध्य क्षेत्रतर्फ बढ्दै गएपछि राजधानी मनिलामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललगायत सार्वजनिक यातायात पनि अवरुद्ध भएको बीबीसीले जनाएको छ ।

आँधीका कारण दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको र कतिपय उडानलाई अन्यत्रै डाइभर्ट गरिएको अधिकारीहरुले जनाएका छन् । प्रभावित क्षेत्रका विद्यालय तथा सार्वजनिक र सरकारी संस्थानहरु बन्द गरिएको छ । आँधी १ सय ७५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ ।

आँधीका कारण कयौं घर तथा टहराका छाना उडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । फिलिपिन्समा हरेक वर्ष आउने २० भन्दाबढी शक्तिशाली आँधीका कारण हजारौं प्रभावित हुँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal